काठमाण्डाै – रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
साहविरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिनुभयो । माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षार्थी रहेका मेयर साहको सट्टामा नक्कली परीक्षार्थीले परीक्षा दिइरहेको पाइएपछि जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।
यसअघि गएको आइतवार उहाँको सट्टा एसईई दिँदै गरेको आरोपमा प्रहरीले गरुडा नगरपालिका वडा नम्बर ६ पोठियाहीका कमल साहलाई पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा प्रेमलाल साह कानुको नाम आएकोले उहाँमाथि पनि छानबिन गर्न पक्राउ पुर्जी जारी गराइएको प्रहरी निरीक्षक कुँवरले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 107