Aamsanchar

प्रहरीसँग विद्यार्थी कार्यक्रम सञ्चालन

Author Image
आइतवार, चैत २६, २०७९

सुनसरी ।  समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत इलाका प्रहरी कार्यालय दुहबीले  ‘प्रहरीसँग विद्यार्थी ( “STUDENTS WITH POLICE” )  कार्यक्रम सञ्चालन गरेको छ ।

प्रहरी र विद्यार्थीबीचको सामीप्यतालाई  बढाई सुरक्षित समाज निर्माणको उद्देश्य अनुसार इलाका प्रहरी कार्यालय दुहबीमा प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धिराम चौलागाइँको सक्रियतामा चैत्र २४ गते स्थानीय गोकुल किड्जी विद्यालयका विद्यार्थीहरूलाई प्रहरी कार्यालयका बिभिन्न शाखाहरुको अवलोकन गराई प्रहरीले गर्ने कार्यहरूको बारेमा समेत जानकारी दिए।

सोही कार्यक्रममा कार्यालयको परिसरमा फलफूल, धुपी, अमला लगायतको बिरुवाहरू वृक्षारोपण गर्नुका साथै विद्यालयको सहयोगमा हिरासतमा ‘ मानव मस्तिष्क (Human Brain)’ आकारको पुस्तक र्‍याकसहितको पुस्तकालयको निर्माण गरी विद्यार्थीबाट समुद्घाटन भएको छ । यसरी बालबालिका हरु संगको सामिप्यताले बालबालिकाहरूमा प्रहरी प्रतिको सोचमा परिवर्तन भई सूचनाहरू संकलन हुने र हुन सक्ने आपराधिक गतिबिधीहरुमा समेत प्रहरीको पहुँच पुगेमा समाजमा हुने विविध किसिमका अपराधीक कार्यहरूलाई समयमै निरुत्साहन गर्न सकिने लक्ष्यका साथ यस किसिमका कार्यक्रमहरू निरन्तर संचालन हुने प्रहरी निरीक्षक चौलागाइँले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)