Aamsanchar

अर्जुनधाराको खुदुनाबारी–बेलटार सडक कालोपत्रे हुँदै

Author Image
बुधवार, वैशाख १३, २०८०

खुदुनाबारी ।  झापाको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख यतिबेला नगर कार्यालयमा भन्दा विकास निर्माण भएको ठाउँमा धेरै भेटिने गरेका छन् । आज ९बुधबार० अर्जुनधाराको खुदुनाबारी स्थित फाल्गुनन्द चोकदेखि बेलटार हुँदै माइ नगरपालिकाको भूगोल छुने सडकमा इन्जिनियर जस्तै भूमिका निर्वाह गर्दै सडक कालोपत्रे भइरहेको कार्यमा मापदण्ड अनुसार काम भइरहेको छ की छैन भन्दै निरीक्षणमा व्यस्त थिए ।

विकास निर्माणको काममा जनप्रतिनिधि र स्थानीयको प्रत्यक्ष निगरानी हुन नसक्दा यस अघि बनेका  कतिपय सडकहरू एक दुई वर्षमै भत्किएर आवागमनमा समस्या भइरहेको छ ।   ठेकेदार र प्राविधिकको मात्र भरमा पर्दा राज्यको ठुलो धनराशी पूर्ण सदुपयोग हुनसकेको छैन । अर्जुनधारामा अब हुने हरेक विकास निर्माण कार्यमा  आफू लगायत जनप्रतिनिधिहरूले सुस्म रूपले निर्माणकार्यको निरीक्षण गर्ने र   तोकिएको मापदण्ड अनुसार काम गराउन आफू सँधै निर्माण स्थलमा खटिने नगर प्रमुख बलदेव सिंह गोमदेनले बताए ।

यस आलु वर्षमा अर्जुनधारा नगरपालिकाका विभिन्न वडामा गरि १० किलो मिटर भन्दा धेरै सडक कालोपत्रे गर्ने योजना रहेको छ । जस अनुसार काम भइरहेको छ । चुनावी ताका मेयरले गरेको प्रतिवद्धता अनुसार अर्जुनधारा नगरमा कालोपत्रे अभियाननै चलेको छ । अर्जुनधाराका मेयर को सक्रियता अत्यन्तै उदाहरणीय रहेको छ भन्दै स्थानीय ढुण्डीराज गौतमले मेयर गोम्देनको कार्यशैली प्रति प्रशंसा गरेका छन् ।

सधन सहरी भवन निर्माण आयोजना झापाका सबइन्जिनियर केशवराज गौतमका अनुसार बन्दै गरेको यस सडक ५७ लाख इस्टमेट बजेट रहेको र बिलो ठेक्का अन्तरगत ग्लोवल कन्ट्रक्सनले ५४ लाखमा काम गरेको हो । ५ सय ९८ मिटर लम्बाइ,  सबवेब ८ मिटर, वेश साढेसात मिटर, प्राइम ट्याब ७ मिटर, आस्पाल्ड ७ मिटर, २०, १६, र १२ एमएम तलका गिटी मिक्स, ४५ प्रतिशत ढुङ्गाको धुलो, ५ प्रतिशत बिटुमिन, सडक ४० एमएम मोटाइको रहेको छ । कालोपत्रे निरीक्षणमा उपप्रमुख खड्गमाया पराजुली, स्थानीय वडाअध्यक्ष र प्रत्यक्ष सरोकारवाला नागरिकहरूको पनि उपस्थिति रहेको थियो ।

सडक कालोपत्रे गर्ने काम भोलि सम्ममा सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ । उक्त सडक यस अघि ५ सय मिटर कालोपत्रे भईसकेको छ । 

भिडियो पनि हेर्नुहोस् ।

भिडियोमा ४५ प्रतिशत ढुङ्गाको धुलो हुनु पर्नेमा अन्यथा हुन गएकोमा क्षमाप्रार्थी छौं । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर