Aamsanchar

चार करोड पुग्यो क्यानडाको जनसंख्या

Author Image
शनिवार, असार २, २०८०

क्यानडाको जनसंख्या चार करोड पुगेको छ। सन् २०२३ जुन १६ गतेसम्मको तथ्यांक हेर्दा कुल जनसंख्या ४ करोड पुगेको देखिएको छ। क्यानडाको जनसंख्या हाल  तीव्र गतिमा बढिरहेको छ।  सन् २०२२ मा क्यानडालीहरूको संख्या १,०५०,११० ले बढेको हो। यो संख्या क्यानडाको इतिहासमा पहिलो पटक यसरी तीव्र गतिमा बढेको हो। जनसंख्याको वार्षिक वृद्धि दर २.७ प्रतिशत पुगेको छ।

सन् २०२२ मा रेकर्ड गरिएका लगभग सबै वृद्धिका लागि अन्तरराष्ट्रिय बसाइँसराइँ जिम्मेवार रहेको राष्ट्रिय तथ्यांक निकायले जनाएको छ।

क्यानडा जनसंख्या वृद्धिका सन्दर्भमा जी-७ देशहरूमा अग्रपंक्तिमा छ।

यदि जनसंख्या वृद्धिको यो दर आगामी वर्षहरूमा स्थिर रह्यो भने, क्यानडाको जनसंख्या लगभग २६ वर्षमा दोब्बर हुन सक्ने बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर