Aamsanchar

नेपालमा २८ वर्ष पछि पाटेबाघको संख्या तेब्बर 

Author Image
बुधवार, असार १३, २०८०

Phoat : Dasrath Shrestha Beejukchhen

चितवन । विश्वका १३ वटा देशमा मात्र पाइने दुर्लभ पाटेबाघको संख्या नेपालमा ३ सय ५५ वटा रहेको पछिल्लो तथ्याङ्क रहेको छ । पछिल्लो गणना अघिको ४ वर्षमा नेपालमा १२० वटा पाटेबाघको संख्या थप भएको छ ।
नेपालको चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै बाघको संख्या रहेको छ । त्यहाँ १२८ वटा बाघहरू रहेको छ ।  त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेका छन् । 

Phoat : Dasrath Shrestha Beejukchhen

बाघ गणनाका लागि चितवन–पर्सा, बाँके–बर्दियाशुक्ला–लालझाडी–जोगबुढा गरेर तीनवटा कम्पलेक्समा विभाजन गरेर गणना गरिएको थियो । बाघ गणनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ’टाइगर एन्ड प्रे बेस मोनिटरिङ प्रोटोकल, २०१७ ’ले निर्दिष्ट गरे अनुसार ’क्यामेरा ट्रयापिङ’  र ’अकुपेन्सी सर्भे विधि’ अपनाएर गरेको थियो ।

Phoat : Dasrath Shrestha Beejukchhen

नेपालमा सन् २०९६ बाट बाघ गणना सुरु भएको थियो । पहिलो चरणको गणनामा नेपालमा जम्मा १ सय वटा बाघ रहेको थियो । सो पश्चात सन् २००९ मा बाघको संख्या १२१ पुगेको थियो । सन् २०१३ मा १९८ हुँदै सन् २०१८मा आइपुग्दा बाघको संख्या २३५ पुगेको थियो । पछिल्लो पटक सन् २०२२, नेपाली वर्ष २०७८ मंसीर १९ गते देखि गणना सुरु भएर २०७९ साउन १३ गते सम्मको नतिजा अनुसार नेपालमा बाघको संख्या दोब्बर बनेको हो । त्यस पछि बाघको गणना भएको छैन ।

नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बंगलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् । 

Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर