बिर्तामोड । झापामा सानो पर्दाको नेपाली चलचित्र ‘डन’ निर्माण हुने भएको छ ।
वर्तमान अवस्थामा टोले दादाहरु डन बन्ने प्रयत्न गर्ने हुँदा समाजमा विभिन्न घटनाहरू घट्ने गरेको र डन बनेका हरूले बेहोर्नुपर्ने चौतर्फी चुनौतीहरूलाई पहिचान गरेर डन बन्न निरुत्साहित गर्ने उद्देश्यले चेतना मूलक चलचित्र ‘डन’ निर्माण गर्न लागिएको चलचित्रका लेखक÷निर्देशक रोशन राईले बताए ।
चलचित्रको बारेमा जानकारी दिने उद्देश्यले शनिबार ९हिजो० बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्र ‘डन’ को बारेमा राईले जानकारी दिएका हुन ।
निर्माता राजन थापा र सह निर्माताहरूमा तीर्थ सिग्देल, मलिन राजवंशी, ज्ञानेश्वर राई रहेका छन् । कार्यकारी निर्मातामा पुजन पारस रहेका छन् ।
चलचित्र डनको मुख्य भूमिकामा कलाकार अनिल राईले अभिनय गर्ने भएका छन् ।
त्यस्तै कलाकारहरू रस्मी थापा, चन्द्रकान्त ढकाल, राजु गौतम, खगेन्द्र बाराकोटी, उमेश चौधरी, नवराज दंगाल, रोशन राईलगायतले अभिनय गर्ने भएका छन् ।
चलचित्रको प्रस्तुतकर्ता सञ्जय राई, सहायक निर्देशन सञ्जय राईले गर्ने भएका छन् । क्यामरामा सन्तोष रानामगर, दन्द्ध निर्देशन रतन निता, कोरियोग्राफी शुनिलजंग थापा, संगीत कुमार पालुङ, गायन प्रज्ञा प्रधानको रहने छ ।
८ लाख रुपैयाँको लगानीमा बन्ने ‘बन्न’ साउन १२ गते सम्म छायांकन हुने र २ महिना पछि प्रर्दशनमा आउने बताइएको छ ।