झापा । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
हालका पनि अध्यक्ष जयनारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास र सबइन्जिनियर विज्ञान चम्लागाईँ त्यस्तै बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फडिन्द्र प्रसाद खरेल, कोषाध्यक्ष शान्ता देवी सुब्बा, वडा नम्बर ६ का तत्कालीन वडाध्यक्ष हरिबहादुर बानियाँ, वडा नम्बर ७ का तत्कालीन वडाध्यक्ष नेत्रप्रसाद उप्रेती, वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष मोतिलाल गणेश विरुद्ध अख्तियारले विशेष अदालतमा आरोपपत्र बुझाएको हो ।
नापी किताबमा चढाई, झुट्टा बिल भरपाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार एवं स्वीकृत गरी २२ लाख ९ हजार ८२३ रुपैयाँ ४० पैसा बढी भुक्तानी दिएको, भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुर समेत गरेको देखिन आएकोले सोही ऐन बमोजिम कैद र जरिवाना गर्न अख्तियारले मागदाबी गरेको छ ।
सडक निर्माण कार्यमा झापामै धेरै काम भएको दावी गर्दै आएको झापा गाउँपालिकामा अन्य सडकहरूमा पनि अनमियता भएको स्थानीयताले शंका गरेका छन् ।
अख्तियारले आरोपपत्रमा यस्तो लेखेको छ ।