Aamsanchar

झापाका २०९ घर डुबानमा

Author Image
बिहिवार, असार २८, २०८०

झापा । आज राति देखि अविरल वर्षाका कारण झापाका विभिन्न स्थानहरू  डुबानमा परेको छ ।
वर्षाका कारण झापा गाउँपालिका वडा नम्बर १ सिमलबस्ती पूर्व ३० वटा घर डुवानमा परेको छ । त्यस्तै झापाकै वडा नम्बर २ सडकबारीमा ठुलो कनकाई र सानो कनकाई नदीको पानी गाउँमा पस्दा ३४ वटा घरहरू डुबानमा परेको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

उता बाह्रदशी गाउँपालिकाको वडा नं २ मा अदुवा खोला बस्तीमा पस्दा त्यहाँ स्थित सुकुम्बासी बस्तीका ४५ वटा घर डुबानमा परेको छ । सो ठाउँका १ सय ५० जना बाढी पीडितहरूलाई नजिकैको दक्षिणेश्वर शिव मन्दिरमा स्थानान्तरण गरिएको छ ।

देशकै होचो ठाउँ कचनकवल गाउँपालिका वडा नम्बर ४ मा पर्ने बयरवन र पोक्लावानमा मेची नदी पस्दा १ सय भन्दा धेरै घरहरू डुबानमा परेको छ ।

झापाका ठुला नदीहरु मेची, निन्दा, विरिङ, माई, कमल र रतुवा नदी तटिय क्षेत्र बाढीको उच्च जोखिममा रहेका छन् ।

भद्रपुर नगरपालिका धेरै क्षेत्र जलमग्न बनेको छ । स्थानीय सरकारले बस्तीका नागरिकहरूको उद्धारका लागि जनप्रतिनिधि सहितको जनशक्ति परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।
क्षतिको पूर्ण विवरण प्राप्त भएको छैन । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर