काठमाडौं : सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन संविधान विपरीत रहेको ठहर गरेको छ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले दुई दिनको सुनुवाईपछि बिहीबार यस्तो आदेश गरेको हो । अदालतले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख पर्शुराम खापुङको नियुक्ती बदर हुने ठहर गरेको छ।
यससँगै मुख्यमन्त्री थापा पदमुक्त हुनेछन्। नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वोच्चमा रिट दिएका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 127