Aamsanchar

पाकिस्तानको संसद् भंग, ९० दिनभित्र आम निर्वाचन हुने

Author Image
बिहिवार, साउन २५, २०८०

काठमाडौं । प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा पाकिस्तानको संसद् भंग भएको छ । राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यरातमा संसद् भंग गरेका बीबीसीले जनाएको छ ।

संसद्को कार्यकाल सकिन तीन दिन बाँकी रहँदा संसद् भंग गरिएको हो । मन्त्रिपरिषद पनि भंग भएको छ । तीन दिनभित्रै नयाँ कार्यवाहक प्रधानमन्त्री चयन गरिने समाचारमा उल्लेख छ । पाकिस्तानमा अब ९० दिनभित्र आम निर्वाचन हुनेछ ।

Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर