Aamsanchar

इक्वेडर : राष्ट्रपति निर्वाचनका एक उम्मेदवारको टाउकोमा गोली हानि हत्या

Author Image
बिहिवार, साउन २५, २०८०

काठमाडौं – इक्वेडरको राष्ट्रपति निर्वाचनका एक उम्मेदवारको गोली हानेर हत्या भएको छ । इक्वेडरका सांसद समेत रहेका फर्नान्डो भिल्लाभिसेन्सिओको उत्तरी सहर क्विटोमा गोली हानेर हत्या भएको हो ।

बुधबार आफ्नो कारमा चढ्दै गर्दा एक व्यक्तिले टाउकोमा गोली हानेर हत्या गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । उनी निर्वाचन अभियानको कार्यक्रममा थिए । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि तीन गोली लागेको छ ।इक्वेडरमा अगस्ट २० मा राष्ट्रपति पदका लागि पहिलो चरणको निर्वाचन हुँदैछ । सो निर्वाचनमा पूर्वपत्रकार समेत रहेका ५९ वर्षीय फर्नान्डो पनि उम्मेदवार थिए । पत्रकारितामा संलग्न रहँदा उनले भ्रष्टाचार र अपराधिक गतिविधिका विरूद्ध लेख्दै आएका थिए ।गत साता मात्रै उनले आफू र आफ्नो समूहलाई लागुऔषध ओसार प्रसारमा संलग्न गिरोहले धम्की दिएको बताएका थिए । इक्वेडरमा लागू औषध कारोबार र संगठित अपराध चिन्ताको विषय बनेको छ ।इक्वेडरका वर्तमान राष्ट्रपति गुइलेर्मो लासोले फर्नान्डोको मृत्यु भएको पुष्टि गर्दै यस घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । उनले हत्यामा संलग्नलाई दण्ड दिनेसमेत बताएका छन् । लासो भने यसपटकको राष्ट्रपति निर्वाचनको उम्मेदवार छैनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)