Aamsanchar

एनआरएन साउदीकाे अध्यक्षमा रबिना

Author Image
शुक्रवार, साउन २६, २०८०

साउदी : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाको अध्यक्षमा रबिना अर्याल चयन भएकी छन्। संस्थाको नवौं महाधिवेशनबाट उनी सन् २०२३–२०२५ का लागि स्वतः अध्यक्षमा चयन भएकी हुन्।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई, उपाध्यक्षमा राजकुमार गिरि, कृष्णकुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुवेदी महासचिवमा शुक्र तामाङ, सचिवमा ध्रुब कटुवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सह–कोषाध्यक्षमा दुर्गाबहादुर काउचा, युवा संयोजकमा बिष्णु रावत, महिला संयोजकमा लक्ष्मी थापा मगर चयन भएका छन्।  सदस्यहरूमा देवीबहादुर कार्की, युवराज पोखरेल, पदमबहादुर महत, दिपक ढुंगाना, अमृतबहादुर तामाङ, धर्मेन्द्र कार्की र ओमप्रकाश काफ्ले चयन भएका छन्। आईसीसी सदस्यहरूमा रामबहादुर क्षेत्री, दिपक रेग्मी र विशालकुमार श्रेष्ठलाई निर्विरोध घोषणा गरिएको छ।

एनआरएन् साउदीको वरिष्ठ उपाध्यक्षका लागि विशाल श्रेष्ठ र उमेश भट्टराईबीच चुनाव हुने घोषणाको अन्तिम अवस्थामा दुबै पक्षबीच सहमति भएको र विशाल श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदका लागि उमेश भट्टराईलाई चयन गरे भने भट्टराईले श्रेष्ठलाई आईसीसी सदस्यको लागि लिखितरूपमा सहमती जनाइ वरिष्ठ उपाध्यक्षका लागि चुनाव नहुने घोषणा गरेका थिए।

नवनिर्वाचित अध्यक्षले साउदीमा रहेका सबै संघ संस्थासँग सहकार्य गर्दै संस्थाको हितमा काम गर्ने बताइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर