

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदबीच भेटवार्ता भएको छ। आइतबार सिंहदरबास्थित मन्त्रालयमा भएको भेटमा मन्त्री किराती र राजदूतबीच दुई देश बीचको व्यापार सम्बन्धलाई अगाडि बढाउनेबारे छलफल भएको हो।

आइतबार राजदूतसँगको भेटमा छलफल भएका विषय सार्वजनिक गर्दै मन्त्री किरातीले साउदी र नेपालमा पानी – पर्यटनमा लगानी ,भैरहवा र पोखरा विमानस्थलको लागि साउदीबाट सिधा उडानका लागि पहल गरिदिन आग्रह गरेको बताएका छन्।

भेटका क्रममा मन्त्री किरातीले राजदूतसँग साउदीको तेल र नेपालको पानी साटेर सम्बन्धलाई अझ प्रगाढ बनाउन सहकार्य गर्न प्रस्ताव गरेका छन्। साउदीबाट नेपाल घुम्न पर्यटक पठाइ दिन आग्रह गरिएको मन्त्री किरातीले जानकारी दिएका छन्।

Views: 102

