Aamsanchar

एमसिसी परियोजनालाई आफूहरुले विशुद्ध आर्थिक सहयोगका रुपमा लिएको माधव नेपालकाे भनाइ

Author Image
बिहिवार, भदौ १४, २०८०

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसिसी परियोजनालाई आफूहरुले विशुद्ध आर्थिक सहयोगका रुपमा लिएको बताएका छन्।

बिहीबार समाजवादी मोर्चाले कर्णालीको सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै नेता नेपालले एमसिसी कुनै सैनिक सुरक्षा विषयसँग जोडिन नहुने बताए।

‘हामीले एमसिसी पास गर्दा १२ बुँदे ब्याख्यात्मक घोषणा अघि सारेका छौं। यसलाई अमेरिकाले पनि सकारात्मक रुपमा लिनुपर्छ।’ नेपालले भने,‘एमसिसी कुनै सैनिक सुरक्षा विषयसँग जोडिनुहुँदैन। हामीले विशुद्ध आार्थिक सहयोग सम्झौताको रुपमा लिएका छौं।’

उनले नेपालमा कलकारखाना तथा उद्योग खोल्न विदेशी पूँजी आउँछ भने पनि स्वागत गर्न तयार रहेको बताए। ‘तर त्यसका लागि अनुचित शर्त र सम्झौता स्वीकार्य छैन।’ नेपालले भने।

उनले नेपालमा अरु कसैको मनपरी नचल्ने भन्दै नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन पनि नदिइने बताए। अर्को प्रसङ्गमा उनले सरकार कसैले ढाल्न नसक्ने जिकिर गरे।

राम्रो उद्देश्यका निम्ति आफूहरुले सरकार बनाएको भन्दै अध्यक्ष नेपालले  कसैले चाहँदैमा सरकार परिवर्तन हुन नसक्ने बताए। प्रधानमन्त्रीले आफ्नालाई समेत नछाडी अहिले भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेको भन्दै नेपालले प्रचण्डलाई धन्यवाद पनि दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर