

जनकपुरधाम : मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी जसपाकी केन्द्रीय सदस्य विन्दुकुमारी यादवको निधन भएको छ।

क्यान्सर रोगबाट पीडित सांसद यादवको आज बिहान ८ बजेर १५ मिनेटमा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको प्रदेश सांसद सञ्जय कुमार यादवले जानकारी दिए। उनी जसपाबाट समानुपातिक सांसद बनेकी थिइन्।
Views: 113

