Aamsanchar

संविधान कार्यन्वयन गर्नुपर्नेमा कनकाई  नगर प्रमुख  पोखरेलको जोड 

Author Image
बुधवार, असोज ३, २०८०

झापा । कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले २०७२ सालको संविधान प्रभावकारीरूपमा कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

संविधान दिवसका अवसरमा आज नगर परिसरमा आयोजित एक विशेष कार्यक्रममा नगर प्रमुख पोखरेलले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभएको हो।
उहाँले तिनै तहका सरकार मिलेर संविधानको  प्रभावकारीरूपमा कार्यन्वयन गर्दै स्वदेशमा नै रोजगारीको व्यवस्था , स्वदेशमा नै उच्च शिक्षा हासिल गर्ने वातावरण निर्माण गरि पढ्न कै लागि विदेशिने कार्यलाई निरुत्साहित गर्नुपर्ने धारणा  पनि राख्नुभयो।

नगर प्रमुख पोखरेलले संविधान दिवस कुनै एक पार्टी, विभिन्न जातजाति विशेषको  मात्र नभई सम्पूर्ण नेपालीको साझा उपलब्धि र सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस रहेकाले पनि संविधान दिवस मनाइरहँदा २०७२ सालको नेपालको  संविधान कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिनुभएको हो।

नगर प्रमुख पोखरेलले  कार्यक्रममा बोल्दै हामी सबैले आफ्नो उद्देश्यको बाटो बिर्सन नहुने र सबै नेपाली  एकताको माला जस्तै रहि  नेपालको  नक्सालाई विदेशीले तोडमोड गरि सार्वजनिक गर्छ भने त्यो हामी कसैलाई पनि मान्य नहुने धारणा राख्नुभयो।

कार्यक्रममा नगर प्रमुख पोखरेल उप प्रमुख आशा शर्मा शिवाकोटी , नगर प्रवक्ता तथा वडा न ५ का अध्यक्ष कृष्णबहादुर राई , प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडा न १ का अध्यक्ष  सुशील कुमार पोखरेल, वडा न २ का अध्यक्ष बलराम राई ९ प्रताप ० वडा न ३ का अध्यक्ष युवराज चौलागाईं ,वडा न ४ का अध्यक्ष रोशन सुवेदी ,वडा न ७ का अध्यक्ष भिष्मभुषण सिटौला , वडा न ८ का अध्यक्ष लिलाबहादुर कटुवाल , योजना शाखा प्रमुख जमुना कटुवाल , जिन्सी शाखा प्रमुख भोजराज आचार्य , कर्मचारी विजय पाठक , सम्झना तिवारी , कार्यपालिका सदस्य , वडा सदस्य  सुरक्षा कर्मी लगायतले एकै साथ झन्डोत्तोलन गर्दै इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले सलामी अर्पण समेत गरेको थियो ।

नगर उप प्रमुख शिवाकोटीद्वारा स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खरेल, नगर प्रवक्ता तथा वडा न ५ का अध्यक्ष राईले संविधान दिवसको बारेमा खुलेर चर्चा गर्नुभएको थियो ।

झन्डोत्तोलन र वीर  सहिदहरू प्रती माल्यार्पण गर्दै सुरुवात गरेको कार्यक्रमको सञ्चालन कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
मङ्गलवार, मंसिर ४, २०८१
आजको माैसम
आइतवार, मंसिर २, २०८१