दिवसको यस वर्षको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने शिर्षकमा आयोजित माध्यमिक तह स्तरीय वक्तृत्व कला प्रतियोगितामा निधि माध्यमिक विद्यालयमा कक्षा ११मा अध्ययनरत आचार्य प्रथम हुनु भएको हो ।
यसैगरी देवी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रेजिना बाँस्कोटा दोश्रो, मोहनमाया माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत बिना खतिवडा तेश्रो र एमइटी माध्यमिक विद्यालयमा कक्षा ११ मै अध्ययनरत बानिरा ओली सान्तवना बन्न सफल भइन ।
प्रतियोगिताका विजेताहरुले क्रमश ७ हजार, ६ हजार, ५ हजार र २ हजार रुपैयाँ नगदसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
विजेताहरुलाई कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाई, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, महिला वालवालिका शाखा संयोजक यमुना आचार्य, कार्यपालिका सदस्य निर्मला देवी सुनार लगायतले प्रमाण पत्र प्रदान गरेका थिए ।
प्रतियोगिताको निर्णायकमा मिलनकुमार ढुंगाना र विद्या रेग्मी रहेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले हकअधिकारका विषय कार्यान्वयन नहुँदा महिलाहरु पीडित रहेको बताइन । पाएको अधिकार कार्यान्वयनका लागि सबैको हातेमालो हुनु पर्नेमा उनको जोड थियो । सामाजिक तथा राजनीतिक क्षेत्रमा महिलाहरु अग्रसर भएर निणर्य गर्न सक्ने ठाउँमा पुग्नु पर्ने बताउँदै नगर प्रमुख प्रसाईले अर्थोपार्जनका लागि उत्पादनमा पनि ध्यान दिनु पर्ने बताउनु बताइन ।
नगर प्रमुख प्रसाईले नगरपालिकाले गरेका गतिविधिका बारेमा नकरात्मक टिप्पणी भन्दा पनि सकरात्मक ढंगले सुझाव दिन सबैलाई आग्रह गरेकी छन् ।
कार्यक्रममा दिपा भण्डारीले नारी संकल्प शिर्षकको कविता प्रस्तुत गरेकी थिइन । निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, बिर्तामोड नगरपालिकाकी कानूनी सल्लाहकार कमला आचार्य, महिला मुक्ति अभियान अध्यक्ष राधा सुव्वा, वीरता लेडी जेसीसकी अध्यक्ष मेनुुका ओली, एबीसी नेपालकी अध्यक्ष कन्चना सिटौला, सिलिड्सकी सम्झना पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।