Aamsanchar

झापामा चट्याङकाे बितण्डा, एकै दिन तीन जनाकाे ज्यान गयाे

Author Image
मङ्गलवार, असार ११, २०८१

बिर्तामोड- झापामा चट्याङले लागेर एक्कै दिन तीन जनाको मृत्यु भएको छ।झापाका फरक(फरक स्थानमा चट्याङ्गले हानेर तीन जनाको मृत्यु भएको हो।

झापाको झापा गाउँपालिका वडा नम्बर ४ लोसाकी बस्ने ५० वर्षीय मन्जुर आलमको मृत्यु भएको हो।मंगलबार बिहान ९ बजे आफ्नो खेतमा आली लगाउँदै गरेका उनको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको आफन्तले जनाएका छन्।

यता मंगलबार नै बिहान ८ः४५ बजेको समयमा झापा गौरीगञ्ज गाउँपालिका ३ ठेकीटोलामा स्थानीय गौरादह नगरपालिका ८ बस्ने वर्ष ४२ का लीला भन्ने विकास गिरी खेतमा बिउँ उखेल्ने क्रममा चट्याङले हानेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मंगलबार बिहान कमल गाउँपालिका २ समइगढमा खेतमा ट्याक्टरले जोत्नेक्रममा खेतमा उभिइरहेको अवस्थामा चट्याङ लागेर स्थानीय ४६ वर्षीय राजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

खड्कालाई बिहान ७ बजे चट्याङले लागेर घाइते हुनुभएको थियो।उहाँलाई उपचारका लागि आम्दा अस्पताल दमक पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर