Aamsanchar

झापामा ११ महिनामा ५१ हजार ७८२ चालकलाई कारबाही

Author Image
बुधवार, असार १२, २०८१

झापा-झापामा ११ महिनामा ५१ हजार ७८२ चालकलाई कारबाही गरिएको छ । चालु आर्थिक वर्ष २०८०र०८१ को हालसम्ममा उनीहरूलाई कारबाही गरिएको हो ।

जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार चालकलाई कारबाही गर्दा तीन करोड ४७ लाख ७८ हजार राजस्व संकलन गरिएको छ । मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु बोक्ने, सार्वजनिक बस र अन्य ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनका चालकलाई कारबाही गरिएको हो । चालु आवको ११ महिनामा सबैभन्दा बढी १६ हजार ९५७ काररजीपका चालकलाई कारबाही गरिएको छ । यसैगरी १४ हजार ७४१ मोटरसाइकल चालक, नौ हजार ७७४ ट्रक चालक, एक हजार ५३३ टिपर चालक, दुई हजार ६२२ बस चालक तथा दुई हजार ६१३ ट्रयाक्टर चालक कारबाहीमा परेका प्रहरी नायब निरीक्षक गौतमले बताए ।

यसैगरी चालु आवको ११ महिनामा सडक दुर्घटनामा परी ७९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ६६ पुरुष, आठ महिला र पाँच बालबालिका छन् । सो अवधिमा ४९० सवारीसाधन दुर्घटना हुँदा १५३ जना सख्त घाइते तथा ६३२ जना सामान्य घाइते भएका प्रहरी नायब निरीक्षक गौतमले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर