Aamsanchar

झापामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाईयो

Author Image
बुधवार, वैशाख २०, २०७४

झापा ।

प्रेस स्वतन्त्रताको अवस्थाले लोकतन्त्रको मापन हुने बुधबार आयोजित एक कार्यव्रmमका बक्ताहरुले बताएका छन् । २० औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोिजत कार्यव्रmमका सहभागि वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा आयोजित कार्यव्रmममा पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाईले अभिव्यक्ति स्वतन्तत्रताको स्तरले राज्यमा लोकतान्त्रिक अवस्था कस्तो छ भन्ने देखाउने बताए । शाखा अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा आयोजित कार्यव्रmममा प्रेस चौतारी नेपाल झापा शाखा सचिव प्रदिप परियारले आजपनि सञ्चारकर्मीहरुले स्वतन्त्रपूर्वक बोल्न लेख्न पाउने अवस्था नरहेको बताए ।

विश्व पे्रस स्वतन्त्रता दिवसको अवसर पारेर आयोजना गरिएको कार्यव्रmममा सञ्चारकर्मी तथा गीतकार लोक रेग्मीको प्रस्तुती रहेको मिलन विछोड नामक म्युजिक भिडियोको समेत लोकार्पण गरिएको थियो । म्युजिक भिडियोको लोकार्पण कार्यव्रmमका प्रमुख अतिथि एवं वरिष्ठ लोकगायक एलपी जोसीले गर्नुु भएको थियो ।

कार्यव्रmमलाई वरिष्ठ गीतकार शिवशंकर थापा, निर्देशक तथा पत्रकार डिकेस लामा, लोक रेग्मी, संगीतकार राम सिटौला लगायतले शुभकामन व्यक्त गरेका थिए । महासंघ शाखा उपाध्यक्ष एकराज गिरीले स्वागत गरेको कार्यव्रmमको सञ्चालन शाखा सचिव सन्तोष आयार्यले गरेका थिए । कार्यक्रममा ४ मिनट २२ सेकेन्डको एउटा म्युजिक भिडियो प्रस्तुती र गायक प्रेम मोक्तानले एउटा गीत प्रस्तुत गरेका थिए ।

Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर