Aamsanchar

इलाममा भोट माग्न हिँडेका नेता कार्यकर्ता अभियान रोकेर बसे

Author Image
बिहिवार, वैशाख २१, २०७४

इलाम,

स्थानीय तहको चुनाव सरेपछि इलाममा भोट माग्न हिँडेका नेता तथा कार्यकर्ता चुनावी अभियान रोकेर बसेका छन् । वैशाख ३१ गते चुनाव हुने आशामा चुनावी अभियानलाई तीव्र बनाएका दलहरु अहिले निष्क्रिय जस्तै भएका छन् ।

चुनाव सर्नु अघि सम्पूर्ण दलहरु उम्मेद्वार दर्ताका लागि अन्तिम चरणमा पुगेका थिए । जिल्लामा क्रियाशिल दलहरुमध्ये नेकपा एमालेले ५७ वडामा उम्मेद्वार छनौट गरिसकेको एमालेका जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख उमेश गुरुङ्गले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस भने उम्मेद्वार छनोटको काम नसकिएकोले उम्मेद्वार छनोटका लागि आन्तरिक गृहकार्यमा जुटेको थियो । यस्तै चुनावको मिति सरे पछि उम्मेद्वार छनौट गर्ने कार्य आन्तरिक छलफलमा मात्र सिमित रहेको राप्रपा जिल्ला अध्यक्ष तथा प्रचार विभाग प्रमुख हरि श्रेष्ठले जानकारी दिनु भयो ।

संघीय समाजवादी फोरम नेपालका जिल्ला सचिव तथा प्रचार विभागका प्रमुख याम लिम्बुका अनुसार संविधान संशोधन भएर मात्र चुनाव गर्ने भन्ने माग पार्टीको भएकाले विगतमा पनि उम्मेद्वार छनौट गर्ने गतिविधिमा नलागेको चुनावको मिति सरेपछि त झन सिङ्गो नगरपालिका र गाउँपालिका नै मौन बसेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर