
धनकुटा पुरानो सहर हो भनेर यि घरले प्रमाणित गर्छ । इतिहासको प्रामाणिक कालमा लिम्बुवान क्षेत्रका ६ जिल्लाहरू संखुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ्ग र इलाम मध्येको एक जिल्ला धनकुटा थियो । यस क्षेत्रमा लिम्बुवान राज्य भएको बखत केन्द्रीय शासन व्यवस्था लिच्छवि शासकहरूका हातमा थियो। इतिहासको कुनै कालखण्डमा लिम्बुवान क्षेत्रमा विभिन्न किराँती शासकहरूले शासन गरेका र त्यस पूर्वको लिम्बुवान क्षेत्रलाई फेदाप भनिएको र धनकुटा जिल्ला पनि त्यसै ‘फेदाप’ राज्य क्षेत्रभित्र पर्ने इतिहासकारहरूको राय छ। फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 158


