Aamsanchar

हराएकी कनकाई की २१ वर्षीय किशोरी मृत अवस्थामा फेला 

Author Image
बुधवार, असोज ९, २०८१

कनकाई । झापा कनकाई नगरपालिका २ की विजिता भण्डारी (माइली) मृत अवस्थामा फेला परेकी छन् ।
सुरुङ्गा ३ स्थित ह्याप्पी ल्यान्ड छेउको धानबारीमा आज दिउसो १२ बजे उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शवलाई पोस्टमार्टमको लागि भद्रपुर अस्पताल लगिएको छ । के कारणले माइलीको मृत्यु भयो भन्ने बारे  तथ्य थाहा हुन सकेको छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको सामाजिक अगुवा शेरबहादुर थापाले आमसंचारलाई जानकारी दिए ।

असोज ३ गते देखि माइली हराएकी थिइन । २१ वर्षीय माइली मानसिकशारीरिक रुपमा कमजोर रहेकी थिइन । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
2
+1
3
Views: 66

प्रतिक्रिया (०)