Aamsanchar

झापा गाउँपालिकामा दर्जनौँ घर डुबानमा, सुत्केरी, अशक्तलाई सुरक्षित स्थानमा पठाइयो 

Author Image
शनिवार, असोज १२, २०८१

झापा । झापा गाउँपालिकाका विभिन्न स्थान डुबानमा परेको छ ।  गाउँपालिकाका बस्तीहरूमा दर्जनौँ  घर डुबान र बालीनालीमा क्षति पुगेको हो ।

दुई दिन देखि परेको अविरल वर्षा सँगै विरिङ र सुरुङ्गा खोलामा आएको बाढीको कारण बस्तीहरू डुबानमा परेका हुन् ।  डुबान क्षेत्रमा गाउँपालिका विपद व्यवस्थापन समिति जनप्रतिनिधिहरूले पीडित परिवारहरूलाई हिजो (शक्रबार) सुरक्षित स्थानमा स्थानतरण गराएका छन् ।

पाढी पीडित १७ जनालाई उद्धार गरिएको थियो । वडा नम्बर ६ को चन्द्र बस्तीमा २५  वटा घर पूर्ण डुबानमा परेका छन् । त्यसैगरी दर्जनौं घरहरू सामान्य डुबानमा छन् । बाढी पीडित एक सुत्केरी महिलालाई शरणामती स्वास्थ्य चौकीमा राखिएको छ । त्यसैगरी एक जना शारीरिक रुपमा आसक्त ज्येष्ठ महिलालाई छिमेकीको घरमा व्यवस्था गरिएको वडा नम्बर ६ का वडाध्यक्ष नविनकिशोर थापाले जानकारी दिए ।

दैविक प्रकोप उद्धार समिति, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रहरीहरू नागरिक उद्धार कार्यमा खटिएका थिए । झापा गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलिया, सशस्त्र प्रहरी वल पन्थापाडा विओपी इन्चार्ज सुरेश तामाङ, प्रहरी चौकी पन्थापाडाका प्रमुख राजेश पौडेललगायत उद्धारमा खटिएका थिए ।
र्
आज बिहान ७ बजे देखि डुबान क्षेत्रको अवस्था अवलोकन गर्न झापा गाउँपालिकाका जनप्रतिनिधिहरू खटिने वडाध्यक्ष थापाले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर