Aamsanchar

नेपाल शिक्षक महासंघ दाडको स्थानीय कार्यसमिति घोषणा

Author Image
मङ्गलवार, असोज २२, २०८१

दाड। नेपाल शिक्षक महासंघ दाडको स्थानीय कार्य समितिको नयाँ नेतृत्वको घोषणा आज मंगलबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।

नेपाल शिक्षक महासंघ दाडका अध्यक्ष युवराज बस्नेतको सभापतित्व एंव महासंघका संघीय उपमहासचिव शुशीला सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षकहरु एकजुट भएर अघी बढ्न सके मात्रै आफ्ना पेशागत हक अधिकार सुरक्षित गर्न सकिनेमा जोड दिएका थिए । पेशाकर्मीका माग सम्वोधन गर्न सरकारमा बस्नेहरुले सदैव वेवास्ता गर्ने गरेको भन्दै बक्ताहरुले अव एकजुट भएर अघी बढ्नुपर्ने बताएका छन ।

नेपाल शिक्षक महासंघको स्थानीय तहको नयाँ नेतृत्वमा अन्र्तगत तुल्सीपुरको अध्यक्षमा जितबहादुर थापा, बबईमा मान बहादुर बस्नेत, शान्तिनगरमा लालबहादुर वली, दंशीशरण खेमराज बुढाथोकी, बंगलाचुली ज्ञानेन्द्र ढकाल, लमही मनिराम केसी, राप्ति कुलराज जैशी, गढवा हिमाल प्रकाश अधिकारी र राजपुर रामबरण यादव रहनु भएको छ । घोराहीको महासंघको नेतृत्व भने पछि चयन गरिने जिल्ला अध्यक्ष युवराज बस्नेतले जानकारी दिनुभयो ।

महासंघको महिला उपाध्याक्ष उषा गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बिशिष्ट अतिथि अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष निमबहादुर केसी, महासंघको सह जिल्ला अध्यक्ष लिलाधर विक, नेपाल शिक्षक संघ लुम्विनी प्रदेश उपाध्यक्ष रमेशकुमार पाण्डेय, संघका जिल्ला अध्यक्ष प्रकाश डाँगी, एकिकृत नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष झक्कुप्रसाद केसी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै सपथ ग्रहण गराइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर