Aamsanchar

राम्रो र मिठो सेलरोटी कसरी बनाउने ?

Author Image
शुक्रवार, कार्तिक १६, २०८१

नेपाली हिन्दू धर्मावलम्वीहरुको दोस्रो ठूलो चाड तिहार हाम्रो आगनमा भित्री सकेको छ । तिहारलाई गाउँ घर, शहरमा झिलिमिली बत्तीको पर्व र गुलिया मिष्ठान्न परिकारहरुको पर्व भनेर पनि चनिने गरेको पाइन्छ ।

तिहारको पाँचै दिन सेलरोटीको महत्व रहेको हुन्छ । विशेषगरी लक्ष्मी पूँजा र भाई टिका गर्न सेलरोटीको प्रयोग गरेको पाइन्छ । तिहारको लागि सेलरोटी नभइनहुने परिकार मध्येमा पर्छ । त्यसैले पनि तिहारको विशेष परिकार सेलरोटी पर्छ र सबैको घरमा सेलरोटी पाकेको हुन्छ । कतिपयलाई तिहारमा सेल रोटी बनाउन नआएर अरु कसैलाई बनाउन लगाउने र त्यो पनि नभए महँगो मूल्यमा खरिद गर्न बाध्य हुन परेको हुन्छ ।

सेलरोटी बनाउन आवश्यक सामग्री

राम्रो र मिठो सेलरोटी बनाउनको लागि सामग्रीको महत्वपूर्ण भुमिका रहेको हुन्छ । सेलरोटी बनाउने सामग्रीको सहि मात्रमा प्रयोग नभमा रोटी राम्रो नबन्न सक्ने छ ।

चामलको पिठो, खाना पकाउने तेल, घ्यु, चिनी, अंलैची, ल्वाङ्ग, कराई वा ताई, रोटी झिक्न चलाउनको लागि बाँसको सिन्का, सेलरोटी, पाकेको रोटी झिकेर राख्ने भाडो सहित पर्याप्त आगो पुग्ने चुलो आवश्यक पर्ने छ ।

सेलरोटी बनाउने बिधी

सेलरोटी बनाउनलाई आवश्यकता अनुसारको चामलको पिठो तयार गर्ने । पिठो हामीले घरमै बनाउन पनि सकिन्छ भने बजारमा पनि किन्न सकिन्छ ।

सेलरोटी पकाउनको लागि पिठो तयार पार्दा विभिन्न कुरामा ध्यान पुर्याउन पर्ने हुन्छ । हामी यहा उदाहरणको लागि दुई किलो चामलको पिठोमा आवश्यक सामग्रीको कुरा गरेका छौं । उक्त चामलको पिठो तयारी गर्दा सेलरोटी बनाउनेले विशेष ध्यान दिनु पर्ने हुन्छ । सुरुमा घ्यु पिठो राम्रो पेष्ट तथा लेसिलो हुने गरी मिच्ने । विस्तारै थोरै थोरै पानी राख्दै चिनीका साथ माथि उल्लेख गरेका सामग्रीको मिश्रण गरी राम्रोसँग फाड्नु पर्ने हुन्छ ।

केही समय चामलको पिठो मुछ्ने र केही घण्टाको लागि छाड्ने । केही समय पछि ठूलो आगोमा कराईमा तेल राम्रोसँग तताउने । उक्त तोतो तेलमा विस्तारै हातले गोलो हुने गरी विस्तारै मुछेको पिठो कराईमा राख्ने ।

सेलरोटी बनाउनेले आफ्नो हातले नसकेमा हिजो आज बजारमा सेलरोटी मेकर आएको छ । त्यसको सहायताले पनि गोलो बनाउन सकिन्छ । त्यसपछि सेलरोटी राम्रोसँग पाक्नको लागि दुबैपट्टी बासको सिन्काको सहायताले फर्काएर सेलरोटी रातो रातो नहुने समयसम्म पकाउनु पर्ने हुन्छ । यसरी पाकेको मिठो सेलरोटीसँग रमाइलो तिहार मनाउन सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर