नेपालगञ्ज,





प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमतीय सरकारको कुरा हल्ला मात्र भएको बताउनुभएको छ ।


अहिलेसम्म राष्ट्रिय सहमतिको सरकारको बिषय भनाईमा मात्र सिमित भएको भन्दै सभापति देउवाले आगामी दिनमा पनि त्यस्तो सरकार बन्ने सम्भावना नरहेको दावी गर्नुभयो । पार्टीको कार्यक्रममा सहभागी हुन हुम्ला जाने क्रममा नेपालगञ्जको राँझा बिमानस्थलमा आज संचारकर्मीहरुसंग कुरा गर्दै देउवाले राष्ट्रिय सहमतिको सरकार निर्माणवारे आफुलाई जानकारी नभएको बताउनुभयो ।


सरकारले आफ्नो आयु लम्व्याउन सहमतीय सरकारको कुरा गरेको भन्दै उहाँले प्रमुख प्रतिपक्ष दल बैकल्पिक सरकार भएकाले राष्ट्रिय सरकार बनाउने बिषयमा आफुहरुको कुनै भूमिका नहुने बताउनुभयो ।
यस्तै बर्दियामा हुने कार्यक्रममा सरिक हुन देउवासंगै राँझा बिमानस्थलमा ओर्लिएका सुचना तथा संचारमन्त्री शेरधन राईले कंग्रेस जिम्मेवार प्रतिपक्षको रुपमा प्रस्तुत हुन नसकेको आरोप लगाउनुभयो ।