Aamsanchar

यातायात मजदुर र विद्यार्थीबीच सहमति

Author Image
शनिवार, वैशाख ३०, २०७४

दमक।

यातायात मजदुर र बिद्यार्थीहरुबीच बारम्बार देखिने गरेको खटपट अन्त्य गर्दै एकअर्काबीच समुधर सम्बन्ध बनाउने सहमति भएको छ ।
दमक बहुमुखी क्याम्पसको स्ववियूले सरोकालावाहरुसँग दमकमा गरेको छलफलपछि यस्तो सहमति बनेको हो । बिद्यार्थीहरुले तोकेको भाडा तिर्नुपर्ने र यातायात मजदुरले पनि बिद्यार्थीहरुलाई सहज रुपमा सार्वजनिक सवारी साधनमा चढाउनुपर्ने सहमति भएको दमक क्याम्पस स्ववियू सचिब रोशन भण्डारीले बताए ।
बिद्यार्थी तथा यातायात मजदुरले एक अर्कालाई दुव्र्यवहार गर्दा कार्वाही भएमा कसैले पनि पक्ष नलिने समेत सहमति भएको छ । यसका साथै क्याम्पसका बिद्यार्थीहरुलाई क्याम्पसमोडमा सवारी साधन नरोक्दा उत्पन्न समस्या सामधान समेत हुने भएको छ । दुई साताभित्रमा बिद्यार्थीहरुले लामो दुरी र छोटो दुरीको कति भाडा तिर्ने भन्ने निक्र्योल निकालिने बताइएको छ । अहिले बिद्यार्थीहरुले तिर्दै आएको साविक भाडा नै तिर्नु पर्नेछ ।
स्वबियू सभापति बिनोद चापागाईंका अनुसार बिद्यार्थीहरुले क्याम्पस आउन धेरै हैरानी खेप्नु परेको र बारम्बार बिद्यार्थीमाथि दुव्र्यवहार भएको खबर आइरहेकाले सरोकारवालाहरुसँग छलफल गरिएको हो । एकापसमा भएका असमझदारीलाई अन्त्य गरेर समस्या समाधानका लागि सहमति बनेकाले अब बिद्यार्थीहरुले त्यस्तो समस्या भोग्नु नपर्ने उनको भनाइ छ ।
छलफलमा इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बू, इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दिनेश अधिकारी, दमक क्याम्पस सञ्चालक समिति अध्यक्ष देबीप्रसाद दाहाल, क्याम्पस प्रमुख उत्तम भट्टराई, स्ववियू पूर्व सभापति आइन्द्र केरुङ् यातायात व्यवसायी गंगा सिटौला, यातायात मजदुरको तर्फबाट रञ्जितकुमार यादव, बिश्वासकुमार काश्यप लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)