Aamsanchar

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

Author Image
शुक्रवार, मंसिर २१, २०८१

काठमाडौं – प्रोस्टेटको शल्यक्रियापछि राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधार भएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । यही मंसिर १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राष्ट्रपति पौडेलको शल्यक्रिया भएको थियो । अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा.घनश्याम गुरुङले विज्ञप्ति निकालेर राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् ।

प्राध्यापक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले राष्ट्रपतिको शल्यक्रिया गरेको हो । राष्ट्रपति पौडेलले १६ वर्षदेखि प्रोस्टेटको औषधि सेवन गरिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर