बिर्तामोड। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिर्तामोड नगर समितिको नयाँ कार्यसमितिले आज पदभार ग्रहण गरेको छ। बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित विशेष समारोहका बीच नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको हो।
समारोहमा नवनिर्वाचित नगर अध्यक्ष लक्ष्मी गौतमसहित १० वटै वडाका अध्यक्षहरुलाई शपथ ग्रहण गराइएको छ। जिल्ला निर्वाचन संयोजक टंकबहादुर कटुवालले नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन्।
नव निर्वाचित वडा अध्यक्षहरू तथा नगर सदस्यहरुः
वडा नं. १ः रामलोचन न्यौपाने
वडा नं. २ः शंकरप्रसाद रिजाल
वडा नं. ३ः गोपाल गुरुङ
वडा नं. ४ः राजकुमार प्रसाई
वडा नं. ५ः हरिबहादुर बराल
वडा नं. ६ः विष्णुप्रसाद गिरी
वडा नं. ७ः जीवन कार्की
वडा नं. ८ः गोविन्द पाठक
वडा नं. ९ः पुर्णबहादुर बस्नेत
वडा नं. १०ः हेमराज खनाल
यससँगै महिला सदस्यहरु कुसुम राई, गंगादेवी दुलाल, रुधमाया विश्वकर्मा, दुर्गा खतिवडा र सुमित्रा गजमेर, वडागत सदस्यहरू विद्याभुषण प्रसाई, सागर पकुवाल, महेन्द्र तामाङ, खगेन्द्रकुमार थापा, परशुराम पोखरेल, मोहनबिक्रम मल्ल, वाशुदेव ढुङ्गाना, कुमार दर्नाल, बसन्त खड्का र पृथ्वीबहादुर बस्नते ले पनि आफ्नो जिम्मेवारी ग्रहण गरेका छन् ।
निवर्तमान नगर अध्यक्ष रञ्जु प्याकुरेलले नवनिर्वाचित अध्यक्ष लक्ष्मी गौतमलाई कार्यसम्पादनका महत्वपूर्ण दस्तावेजसहित माइन्युट हस्तान्तरण गरेकी छन्।
कार्यक्रमका प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य सूर्यनारायण गणेशले नवनिर्वाचित टोलीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीलाई थप सुदृढ र गतिशील बनाउन सुझाव दिएका थिए। कार्यक्रममा कोशी प्रदेश सचिव कुमार भट्टराई, जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, निवर्तमान अध्यक्ष रञ्जु प्याकुरेल, नगर अधिवेशन समन्वय समिति सदस्य ध्रुवकुमार सिवाकोटी, राप्रपा झापा जिल्ला उपाध्यक्ष ध्रुव उप्रेती, राप्रपाका अग्रज नेता मानप्रसाद लिङ्देनलगायतले पनि शुभकामना मन्तव्य राखेका थिए।
नव निर्वाचित अध्यक्ष लक्ष्मी गौतमले धन्यवाद ज्ञापन गर्दै पार्टीको सुदृढीकरण, संगठन विस्तार र जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन्।
पद हस्तान्तरण कार्यक्रमले राप्रपाभित्र नयाँ उत्साह र ऊर्जा थपेको छ। बिर्तामोड नगर समितिले आगामी दिनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।