बिर्तामोड । नेपाल जेसीजको नयाँ नेतृत्व चयन भएसँगै रजनी थापा केन्द्रीय अध्यक्षमा निर्वाचित भएकी छिन्। सोमबार राति सम्पन्न निर्वाचनमा थापाले ७८२ मत ल्याएर विजयी हासिल गरिन्। अध्यक्ष पदका प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गरे।
थापा मनोहरा जेसीजकी संस्थापक अध्यक्ष हुन् र यसअघि जेसीज उपाध्यक्षसहित विभिन्न जिम्मेवारी सम्हालिसकेकी अनुभवी व्यक्ति हुन्।
त्यस्तै, कार्यकारिणी उपाध्यक्षका रूपमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा, र सौरभ श्रेष्ठ निर्वाचित भएका छन्।
उपाध्यक्ष पदमा निर्वाचित अन्य व्यक्तिहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला, र मनिप्रसाद अर्याल रहेका छन्।
जेसीजको परिचय
जेसीज (JCI – Junior Chamber International ) एक गैर(लाभकारी अन्तर्राष्ट्रिय संस्था हो, जसले १८ देखि ४० वर्ष उमेर समूहका युवालाई नेतृत्व विकास, सामाजिक काम, र व्यक्तित्व विकासका क्षेत्रमा सक्रिय बनाउँछ।
नेपालमा जेसीज
नेपालमा जेसीज सन् १९६४ मा स्थापना भएको हो। यसले देशभरि नेतृत्व विकास, सामाजिक परिवर्तन, र युवा सशक्तिकरणका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको छ।