Aamsanchar

बुद्धशान्ति ५ का निवर्तमान वडाध्यक्ष खतिवडाको आत्महत्या, ‘घटनाले समाजलाई यस विषयमा गम्भीर हुन प्रेरित गरेको छ’

Author Image
बिहिवार, पौष ११, २०८१


झापा। झापा बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष बासुदेव खतिवडाले झुन्डिएर आत्महत्या गरेका छन् ।

आज बिहान करिव ५ बजे घरदेखि ५० मिटर टाढा किम्बुको रुखमा झुन्डिएर ६५ वर्षीय खतिवडाले आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नुपर्ने कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।उनी २०७४ सालमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि २०४८ सालमा पनि उनी साविक शान्तिनगर गाविस वडा नं ३ मा वडाध्यक्ष निर्वाचित भएका थिए ।

आत्महत्या जस्तो गम्भीर सामाजिक समस्याको समाधान खोज्नका लागि विभिन्न उपायहरू अपनाउनु अत्यावश्यक छ। झापा बुद्धशान्ति गाउँपालिकाका निवर्तमान वडा अध्यक्ष बासुदेव खतिवडाको आत्महत्याको घटनाले समाजलाई यस विषयमा गम्भीर हुन प्रेरित गरेको स्थानीय पत्रकार आयुष निरौलाको भनाई छ ।

बासुदेव खतिवडाको आत्महत्याले पुनः एकपटक समाजमा मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको आवश्यकतालाई सतहमा ल्याएको छ। आत्महत्या जस्तो गम्भीर समस्या समाधान गर्न सरकारले मात्र नभई हरेक नागरिकले पहल गर्नुपर्ने समय आएको छ। चेतना, सहयोग, र सहानुभूतिका माध्यमबाट आत्महत्या न्यूनीकरण सम्भव छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर