Aamsanchar

विश्वकै तेस्रो प्रदूषित सहर बन्यो काठमाडौँ

Author Image
सोमवार, फागुन २६, २०८१

काठमाडौँ – काठमाडौँ उपत्यकाको वायु अस्वस्थकर देखिएको छ । आज वायु प्रदूषण मापनमा काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ उपत्यका वायु प्रदूषणमा विश्वकै तेस्रो स्थानमा देखिएको हो । आज विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा भियतनामको हनोई छ भने दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली छ ।

इन्डेक्सका अनुसार आज काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई १९७ छ । आज विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा भियतनामको हनोई एक्यूआई २३८ रहेको छ भने दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्लीको एक्यूआई २०२ छ । विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ)को वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ । एक्यूआई १०१ देखि १५० ‘अस्वस्थ कर’ हुन्छ । यस्तै, एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थ कर’ र त्यो भन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर
कस्तो होला होलीको दिन मौसम ?
बुधवार, फागुन २८, २०८१
आजको माैसम
शनिवार, फागुन २४, २०८१