Aamsanchar

दाङमा २२ जना फरार प्रतिवादी प*क्राउ

Author Image
बुधवार, फागुन २८, २०८१

दाङ । विभिन्न समयमा अदालतले सजाय तोकेको तर फरार रहेका २२ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी टोलीले फरार रहेका ती प्रतिवादीहरूलाई खोजी गरी पक्राउ गरेको हो।

पक्राउ परेकाहरू विभिन्न अपराधमा संलग्न रही अदालतबाट सजाय तोकिएका थिए। ती प्रतिवादीहरूलाई खोजी गर्ने क्रममा प्रहरीले उनीहरूलाई लुकीछिपी बसेको अवस्थामा फेला पारेको थियो। प्रहरीले पक्राउ गरेपछि अदालतको आदेशअनुसार उनीहरूलाई दाङ जिल्ला अदालतमा फैसला कार्यान्वयनका लागि पठाइएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूको जम्मा सजाय २ वर्ष १ महिना रहेको छ भने उनीहरूलाई तोकिएको जरिवाना रकम रू. १७,५७८ रहेको छ।

जिल्ला प्रहरी कार्यालय दाङले कानूनी कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले फरार प्रतिवादीहरूको खोजी तीव्र पारिएको जनाएको छ। अपराध नियन्त्रण तथा कानूनी शासनलाई सुदृढ बनाउने लक्ष्यसहित प्रहरीले खोजी कार्यलाई अझै प्रभावकारी बनाउने बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)