Aamsanchar

कनकाईमा लागुऔषधसहित मोटरसाइकल छाडेर फरार, प्रहरीद्वारा हवाई फायर गर्दै ब्राउन सुगर बरामद

Author Image
सोमवार, वैशाख २२, २०८२

 

झापा- झापाको कनकाई नगरपालिका–५ स्थित तल्लो चाप्रामारीमा प्रहरीले विशेष सूचनाको आधारमा लागुऔषधसहितको मोटरसाइकल जाँच गर्ने क्रममा हवाई फायर गर्नु परेको छ।
शनिबार बिहान करिब ८:४० बजे शरणामतीबाट सुरुङ्गातर्फ आउँदै गरेको BR 37T 9198 नम्बरको मोटरसाइकललाई सुरुङ्गा–झापा सडकखण्डमा रोकी चेकजाँच गर्न खोज्दा मोटरसाइकल चालक प्रहरी देख्नासाथ मोटरसाइकल र झोला छाडेर फरार भएका थिए। फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा स्थिति नियन्त्रणमा लिन .३०३ राइफलबाट २ राउण्ड हवाई फायर गरिएको थियो। छाडिएको झोला खोल्दा ब्राउन सुगर जस्तो देखिने २ पोका लागुऔषध (झण्डै २०० ग्राम अनुमान गरिएको) बरामद गरिएको छ।
प्रहरीले उक्त मोटरसाइकलसहित लागुऔषध नियन्त्रणमा लिएको छ। घटनास्थलको अवस्था सामान्य रहेको र आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

Views: 196

प्रतिक्रिया (०)