

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन्।
यसअघि सरकारबाट सिफारिस भएका आठमध्ये ७ अध्यादेश जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएका थिए ।
अध्यादेश सोमबारको मन्त्रिपरिषद बैठकले पुनर्विचार नै नगरी जस्ताको तस्तै जारी गर्न पुनस् सिफारिस गरेपछि राष्ट्रपति पौडेलले मंगलबारअध्यादेश जारी गरेको शीतलनिवाासकी सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन्।


Views: 59


