Aamsanchar

धाराको पानी खाँदा बाह्रदशी मिनि माउण्टेन स्कुलका १७ विद्यार्थी बिरामी

Author Image
बुधवार, जेठ ७, २०८२

प्रतिकात्मक फोटो । श्रोत: गुगल

झापा । झापा जिल्लाको बाह्रदशी गाउँपालिका–६ स्थित मिनि माउण्टेन इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलका १७ जना विद्यार्थी धाराको पानी खाँदा बिरामी परेका छन्। सोमबार दिउँसो करिब २ बजे स्कुल परिसरमै रहेको धाराको पानी पिएपछि उनीहरूलाई पेट दुख्ने लक्षण देखिएको हो।

बिरामी परेका विद्यार्थीहरूलाई विद्यालयका शिक्षकहरूले तत्कालै उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोडमा ल्याएका थिए। अस्पताल स्रोतका अनुसार सबै विद्यार्थीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायब निरीक्षक बलकुमार राईको नेतृत्वमा टोली घटनास्थल पठाइएको छ।

बिरामी विद्यार्थीहरूको विवरण यसप्रकार छ :

१, सुमित्रा किस्कु, ११ वर्ष – राजु किस्कुकी छोरी (बाह्रदशी–६)
२,रेवन बि.क. १० वर्ष – राहुल बि।ककी छोरी
३,प्रनिसा अधिकारी, ९ वर्ष – ओमनाथ अधिकारीकी छोरी
४, खुस्बु बर्देवा, ९ वर्ष – उर्मीला बर्देवा की छोरी
५, सुप्रिया सुन्दास, १० वर्ष – राजेन्द्र सुन्दासकी छोरी
६, सेन्जे हाङमा शर्मा, १० वर्ष – राजकुमार शर्माकी छोरी
७, मनिता गजुरेल, १० वर्ष – नरेश गजुरेलकी छोरी
८, बिना रिजाल, ११ वर्ष – गोविन्द रिजालकी छोरी
९, आदित्य ढकाल, ११ वर्ष – बेनु ढकालका छोरा
१०, अरबिदा राई, ११ वर्ष – मनकुमार राईकी छोरी
११, सुशान्त कार्की, ११ वर्ष – रेखा कार्कीका छोरा
१२, प्रनिशा कार्की, ११ वर्ष – हरी कार्कीकी छोरी
१३, सृष्टि मावो, १० वर्ष – नरेश मावोकी छोरी
१४, ग्रीष्मा साह, ११ वर्ष – पप्पु साहकी छोरी
१५, अनुसा भुजेल, ८ वर्ष – विकास तामाङकी छोरी
१६, ईसिका भुजेल, ९ वर्ष – पदम भुजेलकी छोरी
१७, वर्षा लिम्बु, ९ वर्ष – डम्बर लिम्बुकी छोरी

विद्यालयको पानी प्रणालीमा सम्भावित प्रदूषणको आशंकामा स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयको टोली घटनास्थलमा पुगेर आवश्यक परीक्षण र निगरानी गरिरहेको छ।

Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर