Aamsanchar

अमेरिकाले फेरि तीन जना नेपालीलाई निष्कासन गर्याे

Author Image
सोमवार, असार १६, २०८२

काठमाडौं – अमेरिकाले फेरि तीन जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बसोबास गरेको आरोपमा उनीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा वली, डाँगी र केसी थरका एक-एक जना छन्। स्रोतका अनुसार दुई जनालाई असार १२ गते र एक जनालाई असार ११ गते नेपाल फर्काइएको हो। उनीहरूलाई एयर इन्डियाको जहाजबाट भारत हुँदै काठमाडौं फर्काएको स्रोतको भनाइ छ।

 

अमेरिकाको इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस)का अनुसार अवैधरूपमा बसोबास गरिरहेका उनीहरूलाई अमेरिकाको विभिन्न स्थानबाट पक्राउ परेका थिए। पक्राउ पर्दा उनीहरूसँग कुनै पनि कागजात नरहेको आइस प्रहरीको भनाइ छ।

 

आइस प्रहरीले अमेरिकास्थित नेपाली दूतावाससँग ´ट्राभल डकुमेन्ट`को पहल गरेर उनीहरूलाई नेपाल फर्काएको हो। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि त्यहाँका नेपालीसहित अवैधरूपमा बसोबास गरिरहेका अप्रवासीमाथि धरपकड गरिएको छ। ट्रम्प प्रशासनले विभिन्न मितिमा नेपालीहरूलाई नेपाल फर्काउने गरेको छ। ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नयाँ नीति नै लागू गरेर धरपकड गरिरहेको त्यहाँका नेपालीहरूले बताएका छन्।

 

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर