♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
छोराछोरी वा आफ्नै पहलमा लाभ हुने समय हो । पुराना साथी वा बाल्यकालका सम्झनाले भावुक बनाउनेछ । अध्ययन–अनुसन्धान वा सिर्जनात्मक काममा सफलता मिल्नेछ ।
🔢 भाग्यबलः १००%
🎯 शुभअङ्कः ५ । 🎨 शुभ रङः सेतो । 🧭 शुभ दिशाः पूर्व
🔮 मन्त्रः ॐ अं अङ्गारकाय नमः (१० पटक)

♉ बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो व्यवहारमा ध्यान पुर्याउनुहोस्, आक्रामकता समस्या बन्न सक्छ । पारिवारिक सद्भाव कायम राख्न संवाद आवश्यक छ ।
🔢 भाग्यबलः ७०%
🎯 शुभअङ्कः ४ । 🎨 शुभ रङः सिम्रिक रातो । 🧭 शुभ दिशाः उत्तर
🔮 मन्त्रः ॐ भ्रामरीदेव्यै नमः (११ पटक)

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ आम्दानीको बाटो खुल्नेछ, सेवामूलक वा निर्माण क्षेत्रका लागि राम्रो समय हो । पारिवारिक सहयोग मिल्नेछ ।
🔢 भाग्यबलः ८०%
🎯 शुभअङ्कः ३ । 🎨 शुभ रङः गुलाबी÷सिन्दुरे । 🧭 शुभ दिशाः पश्चिम
🔮 मन्त्रः ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः (१० पटक)

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोल्ने शैली र कलामा निखार आउँछ । सानो प्रयासले पनि भविष्यको बाटो खुल्नेछ ।
🔢 भाग्यबलः १००%
🎯 शुभअङ्कः २ । 🎨 शुभ रङः सेतो÷उज्यालो । 🧭 शुभ दिशाः दक्षिण
🔮 मन्त्रः ॐ श्रियै नमः (११ पटक)


♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम र व्यापार दुवैमा सफलता मिल्नेछ । आकर्षण बढ्नेछ, नयाँ योजना पनि सुरु गर्न सकिने दिन हो ।
🔢 भाग्यबलः १००%
🎯 शुभअङ्कः १ । 🎨 शुभ रङः कलेजी । 🧭 शुभ दिशाः पूर्व
🔮 मन्त्रः ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः (७ पटक)
♍ कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिस्पर्धामा उत्रनुपर्ने समय हो, रचनात्मक रुचि बढ्नेछ तर खर्च पनि बढ्न सक्छ ।
🔢 भाग्यबलः ५५%
🎯 शुभअङ्कः ३ । 🎨 शुभ रङः सेतो । 🧭 शुभ दिशाः उत्तर
🔮 मन्त्रः ॐ कालभैरवाय नमः (२१ पटक)
♎ तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक प्रतिष्ठा बढ्ने समय हो । परिवार वा प्रेम जीवनमा रमाइलो हुनेछ, नयाँ कामको थालनी शुभ ।
🔢 भाग्यबलः ७५%
🎯 शुभअङ्कः २ । 🎨 शुभ रङः सेतो÷उज्यालो । 🧭 शुभ दिशाः पश्चिम
🔮 मन्त्रः ॐ धनदाय नमः (२१ पटक)
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नै प्रयासबाट लाभ हुनेछ । सरकारी वा आर्थिक क्षेत्रमा सफलता मिल्नेछ, तर प्रेममा चुनौती आउन सक्छ ।
🔢 भाग्यबलः १००%
🎯 शुभअङ्कः १ । 🎨 शुभ रङः गुलाबी÷सिन्दुरे । 🧭 शुभ दिशाः दक्षिण
🔮 मन्त्रः ॐ भूमिनन्दनाय नमः (१० पटक)
♐ धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोग प्राप्त हुनेछ, सानो प्रयासले राम्रो फाइदा मिल्नेछ । तर आफैं कमजोर नबन्नुहोस् ।
🔢 भाग्यबलः १००%
🎯 शुभअङ्कः ९ । 🎨 शुभ रङः कलेजी । 🧭 शुभ दिशाः पूर्व
🔮 मन्त्रः ॐ भास्कराय नमः (७ पटक)
♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आत्मग्लानी वा कमजोरी देखिन सक्छ, तर पितृपक्षको सुझावले मार्गदर्शन मिल्नेछ । संयमता आवश्यक छ ।
🔢 भाग्यबलः ५०%
🎯 शुभअङ्कः ८ । 🎨 शुभ रङः गुलाबी÷सिन्दुरे । 🧭 शुभ दिशाः उत्तर
🔮 मन्त्रः ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् (२१ पटक)
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनोबल उच्च रहनेछ, तर आत्मकेन्द्रित व्यवहारले समस्या ल्याउन सक्छ । प्रेममा रमाइलो सम्भव छ ।
🔢 भाग्यबलः ६०%
🎯 शुभअङ्कः ७ । 🎨 शुभ रङः रातो । 🧭 शुभ दिशाः पश्चिम
🔮 मन्त्रः ॐ कात्यायनी भगवत्यै नमः (११ पटक)
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विचारमा स्पष्टता र बहसमा विजय पाइनेछ, तर रिसरागको नियन्त्रणमा ध्यान दिनुपर्छ ।
🔢 भाग्यबलः १००%
🎯 शुभअङ्कः ६ । 🎨 शुभ रङः गुलाबी÷सिन्दुरे । 🧭 शुभ दिशाः दक्षिण
🔮 मन्त्रः ॐ धरणीसुताय नमः (१० पटक)
📝 नोटः आज कुनै विशेष काम, यात्रा वा निर्णय गर्नु अघि सम्बन्धित मन्त्रको जाप गरी शुभता सुनिश्चित गर्नुहोस् । शुभकामना!

