दाङ,

सर्पले डस्दा दाङमा एक बालकको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–२ मोतिपुरका ८ वर्षका बालक इशन भण्डारीको सर्पले टोकाइबाट ज्यान गएको हो ।

बुधबार बेलुका घर नजिकै खेल्दै गर्दा उनलाई सर्पले डसेको थियो । भण्डारीको उपचारका क्रममा बुधबार राति ज्यान गएको हो ।


Views: 150

