Aamsanchar

नक्कली विद्यालय खडा गरी भ्रष्टाचार गरेपछि… ….

Author Image
बिहिवार, असार १९, २०८२

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली विद्यालय खडा गरी भ्रष्टाचार गर्ने चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।

अख्तियारले डोल्पाका जिल्ला प्राविधिक कार्यालय दुनैका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, तत्कालीन लेखापाल मुनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र उपभोक्ता समितिका कोषाध्यक्ष संगीता बुढाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

डोल्पाको तत्कालीन दुनै गाविसमा हुँदै नभएको दुर्गा प्राथमिक विद्यालय खडा गरी भवन निर्माणका नाममा ७ लाख ६० हजार रुपैयाँ अनियमितता गरेको अख्तियारको ठहर छ।

उक्त विषयमा उजुरी परेपछि अख्तियारले स्थलगतरूपमा अनुसन्धान गरेको थियो। तर दुनै गाविस वडा २ र ३ मा कुनै पनि विद्यालय सञ्चालन नरहेको जानकारी पाएको थियो। शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट पनि कुनै रकम नआएको र भवन पनि नबनेको अनुसन्धानबाट पुष्टि भएको अख्तियारको भनाइ छ।

 

Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर