Aamsanchar

११ हजार भोटको तार चुँडिएर खस्दा ३२ वर्षीय छटुकाे ज्यान गयाे

Author Image
आइतवार, असार २२, २०८२

जनकपुरधाम – महोत्तरीको औरही नगरपालिका-७ भोयल टिमकियास्थित कृषि सडकमा ११ हजार भोटको तार चुँडिएर खस्दा करेन्ट लागेर मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ५ कञ्चनपुरका ३२ वर्षीय छटु मुखिया छन् । भोयल टिमकियास्थित कृषि सडकमा कलभर्ट निर्माणको काम गरिरहेका बेला मुखियालाई करेन्ट लागेको हो ।

उनको घटनास्थलमै मृत्यु भएको स्थानीय रोशनकुमार यादवले जानकारी दिए । घटनास्थलमा पुगेको प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ ।

विद्युत् प्राधिकरणको लापरबाहीको कारण तार चुँडिएर खस्दा करेन्ट लागेको स्थानीयको भनाइ छ ।

स्थानीय रोशनकुमार यादवका अनुसार करिब चार वर्षअघि औरहीको पावर हाउसनजिक ११ हजार भोटको तार चुँडिएर खस्दा एकजनाको घाँटी काटिएर मृत्यु भएको थियो ।

Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर