

काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नम्बर ३० ज्ञानेश्वरबाट प्रहरीले लागुऔषध कोकिन सहित ५ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका घर भएका २९ वर्षीय दिनेश चालिसे, नवलपरासी घर भएका ३७ वर्षीय सतेन्द्र बहादुर भट्ट र सिन्धुपाल्चोक घर भएर बौद्ध बस्ने २४ वर्षीया आयुषा श्रेष्ठ छिन् । त्यस्तै सप्तरी घर भएका ३२ वर्षीय प्रकाश यादव र ललितपुरका ३३ वर्षीय सुब्रत अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूको साथबाट ६५ दशमलव ९३ ग्राम कोकिन जस्तो देखिन पदार्थ बरामद गरिएको एसपी बोहराले जानकारी दिए । आरोपीहरू विरुद्ध १० दिनको म्याद लिएर प्रहरी वृत्त मालिगाउँले अनुसन्धान गरिरहेको छ ।

ज्ञानेश्वरमा रहेको भगवती इन होटलको तेस्रो तलाबाट आइतबार आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।


Views: 636

