Aamsanchar

झापा: रोपाइँ गर्न पैनीबाट मोटर सेट गरी पानी तान्ने क्रममा करेन्ट लागेर युवकको मृ*त्यु

Author Image
आइतवार, असार २२, २०८२

झापा – झापाको बुद्धशान्तिमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-३ सयपत्री टोलका ३९ वर्षीय रोशन जिमी रहेको प्रहरीले जनाएको छ।

आज साँझ ७ बजे आफ्नै खेतमा रोपाइँ गर्नको लागि घरनजिकै रहेको पैनीबाट मोटर सेट गरी पानी तान्ने क्रममा जिमीलाई करेन्ट लागेको थियो।

घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Views: 384

प्रतिक्रिया (०)

सम्बन्धित खबर