ताप्लेजुङ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-३ हाङपाङबाट प्रहरीले बेबारीसे १ थान भरुवा बन्दुक र बन्दुककको छर्रा बरामद गरेको छ।

गाउँपालिका कार्यालय सुरक्षार्थ खटिएको गस्ती टोलीले सोही स्थानमा रहेको ढुङ्गाको ओडारमा लुकाई राखेको भरुवा बन्दुक र छर्रा बरामद गरेको हो।

बरामद बन्दुक कस्ले राखेको भन्ने सम्बन्धमा अनुसन्धान भईरहको प्रहरीले जनाएको छ।

Views: 123

