

झापा । झापाको बिर्तामोडमा बिजुलीको करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ। अर्जुनधारा नगरपालिका–४ भाङबारीका ३५ वर्षीय दिपक पाण्डेको करेन्ट लागेर ज्यान गएको हो।

पाण्डे बिर्तामोड नगरपालिका–२ पश्चिम स्टेण्डस्थित ट्रान्समिटर जोड्ने कार्यमा खटिएका बेला करेन्ट लागेर घाइते भएका थिए। घटना आज दिउँसो करिब २ः२० बजे भएको हो। तत्कालै उनलाई उद्धार गरी बीएण्डसी अस्पताल, बिर्तामोडमा पुर्याइएको थियो। तर उपचारको क्रममा अस्पतालले उनलाई दिउँसो ३ः०० बजे मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Views: 1175

