बिर्तामोड । द ब्युटी वर्ल्ड, विर्तामोडको आयोजनामा तथा रिभाइब स्किन केयर एण्ड हेयर ट्रान्सप्लान्टको प्राविधिक सहयोगमा एकदिने अभिमुखीकरण तालिम तथा छाला जाँच कार्यक्रम सम्पन्न भएको छ।

शनिबार सम्पन्न कार्यक्रममा द ब्युटी वर्ल्डका सम्पूर्ण विद्यार्थीहरू तथा सेवाग्राहीहरूले सहभागिता जनाएका थिए। उनीहरूले आफ्नो छाला, कपाल तथा सौन्दर्य हेरचाहसम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्दै प्रत्यक्ष रूपमा लाभ लिएका थिए।

तालिमका दौरान Dermatologist Dr. निस्टुक बराल (MBBS, MD) द्वारा स्किन अवेयरनेस सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक तालिम प्रदान गरिएको थियो। साथै, रिभाइब स्किन केयरका प्राविधिक टोलीद्वारा सहभागीहरूमध्ये केहीको छालाको परीक्षण समेत गरिएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूमाझ सौन्दर्यसम्बन्धी जिज्ञासाहरूमाथि प्रश्नोत्तर सत्र पनि संचालन गरिएको थियो।



