Aamsanchar

गणतन्त्रमा गणै गण

Author Image
बिहिवार, साउन १५, २०८२

तिन दल काँग्रेस एमाले र माओवादी वरिपरि देशको राजनीति घुमिरहेको छ । र सरकार पनि यि तिन दल भित्रै घुमी भिरी निर्माण भइरहेको छ। अपराध जगतमा या कुनै क्षेत्रमा जसको दबदबाउ हुन्छ त्यसलाई डन भन्ने गरिन्छ । अहिले देशको राजनीतिमा यि तिन दलको दवादवावलार्इ डन प्रवृत्ति भन्दा हुन्छ१ अहिले दल भित्रको यो डन प्रवृत्ति विरुद्ध दल भित्रैबाट विद्रोह हुन थालेको छ । काङ्ग्रेसमा अठार जनालाई अनुशासन समितिबाट कारबाही गरेपछि डा. शेखर कोइराला काँग्रेस भित्र उग्र भैरव भएर प्रस्तुत हुन थालेका छन । बाग्मती प्रदेसमा भर्खरै काङ्ग्रेसकै मुख्य मन्त्री विरुद्ध अविश्वास प्रस्ताव पेस हुनु पनि यसैको उदाहरण हो ।

एमाले भित्र पूर्व राष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउँछु भन्दा निषेध गर्नु ,रोक्नु पनि दल भित्रकै डन प्रवृत्ति नै हो र अव विद्या भण्डारी पनि एमाले भित्र कालीको रुपमा प्रस्तुत हुने उनकै विचार बाट सामाजिक सञ्जालमा आइरहेछ ।माओवादी दलमा पनि अहिले जनार्दन शर्मा जसरी प्रस्तुत भइरहेछन् त्यो माओवादी दल भित्रको डन प्रवृत्ति विरुद्ध नै हो ।

अहिले यि तिन दल भित्र आन्तरिक झमेला भाँडभैलो र खिचातानी बढिरहेको छ । दलको भाँडभैलो ले देशको राष्ट्रिय राजनीति नराम्रोसँग प्रभावित भइरहेको छ । जनतामा निराशा बढेको छ । जनतामा दल प्रति संशय मात्रै हैन दल निकम्मा हुन भन्ने विचार आएको छ । भ्रष्टाचार चरमा पुगेको छ र यिनिहरुको संरक्षण दल भित्रैबाट भएको छ ? यस्तो देखिदै छ । भ्रष्टाचार को विषयमा एक दल ले अर्को दललाई संरक्षण गर्नु नै यि तिन दलको मूल उद्देश्य रहेछ । सरकार बन्नु र फेरिनु ले यस्तो हो भन्ने अवस्थामा जनताले जानकारीमा लिएको छ।

अहिले डर छैन

सरकार र राजनीतिक दल र त्यसमा आवद्द नेताहरूमा कसैको डर छैन । जव सम्म सरकारमा अदालतको डर हुदैन अख्तियारको डर हुदैन र जनताको डर हुदैन त्यो सरकार आफै शुद्ध हुदैन त्यो सरकार घृणित हुन्छ। त्यस्तो घृणित सरकारको छायामा प्रभावमा सरकारको रङ्ग रूप पनि अन्य राजनीतिक दल पनि पर्दै जान्छ । लोकतन्त्रमा सर्वोच्च स्थान जनताको हुन्छ । तर अहिले जनता गौण र सरकार सर्वोच्च भएको छ । लोकतन्त्र नाम मात्रै को भएको छ । लोकको डर जनताको डर नभएको सरकारबाट लोकतन्त्र प्रस्फुटित र परिमार्जित  हुनै सक्दैन । अहिलेको काँग्रेस र एमाले गठबन्धन सरकारले जनतासँग वाचा गरेका थिए ,भ्रष्टाचार मुक्त देश , स्थिर र सुशासन दिने आर्थिक विकास तर ठिक विपरित भइरहेछ । सरकार भित्रै रहेका मन्त्री पनि भ्रष्ट्रचारको आरोपमा आरोपित भइसकेका छन् । र आफ्नो पदबाट बहिर्गमन सम्म हुनु परेको छ । दल भित्रकै नेता पनि सांसद पनि यस्तो आरोपबाट मुक्त नभएर निलम्बित हुदै अदालत धाइरहेका छन।

यस्तो किन भइरहेछ त भन्दा जनताको डर नभएर नै हो । जव सम्म जनताले सरकार र राजनितिक दल प्रती डर पैदा गर्दैन तव सम्म सरकारको मनमौजी चल्छ संविधान नियम कानुन केही चल्दैन । अहिले त्यस्तै भइरहेछ ।

डा. शेखर कोइराला विद्या भडारी र जनार्दन शर्मा 

अहिले पछिल्लो पटक देशमा बढिरहेको राजनीतिक घटना क्रम ,राजनीतिक दल भित्रको डन प्रवृत्ति र सरकार संचालन शैलिले दल भित्रै माथि उल्लेख गरेका यि तिन नाम ले आफ्नै दल भित्र विद्रोह गर्दैछन । यिनिहरुको विद्रोह यिनिहरुको असन्तुष्टीले आफ्नै दल भित्र स्थापित भएछन भने अहिले रहेका शिर्ष नेताहरुकै जस्तो चरित्र र पद लोलुपमा परिणत नहोस । यिनिहरुले डर पैदा गर्न सकुन र भोलि त्यो डरको स्वामित्व जनताले बोकुन ।

अहिलेको गणतन्त्र को उपलब्धी भनेको देश थुप्रै राजनीतिक गणहरुको उपस्थिति देखिएको छ जस्ले देशमा स्थिर सरकार वन्न बाधक रहेको वर्तमान गठबन्धन सरकार भन्दै छ । र यही गठबन्धन सरकारमा रहेका दलहरुको मौजुदा राजनीतिक परिस्थितिले दलमा विग्रह आउने सम्भावना विधमान छ । र यस्तो भएमा पुन गणतन्त्रमा गणहरुको संख्या वृध्दी भएर देशमा अरु अस्थिर वातावरण सृजना भएर गणतन्र जोखिमा पर्ने अवस्था आउन सक्ने हुदा समयमै ठुला दलले डन प्रवृत्ति छोडेर समभाव सदभाव सदबुध्दी लिनु नै वुध्दीमानि हुन्छ ।

Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर