Aamsanchar

कनकाईमा निजामती कर्मचारी संगठनको पहिलो ऐतिहासिक अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

नगर प्रमुखदेखि अग्रज नेतासम्मको उपस्थिति, १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित

Author Image
शुक्रवार, साउन २३, २०८२

कनकाई । नेपाल निजामती कर्मचारी संगठन कनकाई नगरपालिका नगर कार्यसमितिको पहिलो ऐतिहासिक अधिवेशन शुक्रबार भव्यतापूर्वक सम्पन्न भएको छ।
संगठन जिल्ला कार्यसमिति अध्यक्ष हिरण्य न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्र पोखरेल प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य छवि ढकाल, नेकपा एमाले कनकाई नगर कमिटी सचिव प्रकाश शिवाकोटी, प्रदेश कार्यसमिति सल्लाहकार सदस्य देवका गौतम, जिल्ला उपाध्यक्ष चिरन खतिवडा, जिल्ला सचिव पुर्ण चन्द्र मैनाली, पालिका कार्यसमिति अध्यक्ष तेजिन्द्र तामाङ (बिर्तामोड), त्रिविक्रम पोखरेल (अर्जुनधारा), गंगाराम भट्टराई (झापा) लगायत अग्रज संगठक टिकामया दवाडी, लक्ष्मी अधिकारी, गोविन्द रिजाल, राजकुमार ओडारी र ईन्द्रहरी भट्टराईको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता आशिष घिमिरेले गर्दै अधिवेशनले १३ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

निर्वाचित पदाधिकारी 

अध्यक्षः आशिष घिमिरे

उपाध्यक्षः दिनेश खतिवडा

उपाध्यक्षः निशा संग्रौला

सचिवः रोहित पौडेल

कोषाध्यक्षः खगेन्द्र मिश्र

सदस्यः माधव अधिकारी

सदस्यः समिक्षा खतिवडा

सदस्यः सचिन बस्नेत

सदस्यः मनिष चौहान

सदस्यः देवका पौडेल

सदस्यः डिल्लिराम बिक

सदस्यः गंगा पौडेल

अधिवेशनका वक्ताहरुले नयाँ कार्यसमितिलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर