

सर्लाही । बागमती नगरपालिकाका मेयर भरत कुमार थापालाई भरत ताल निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालत काठमाडौंले ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवानामा सजाय तोकेको छ।

साउन २१ गते फैसला सुनाउँदै अदालतले मेयर थापा, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र कर्मचारी सागर पौडेललाई दोषी ठहर गरेको थियो। उनीहरूमाथि ताल निर्माणका क्रममा नदीजन्य पदार्थ उत्खनन गरी हिनामिना गरेको आरोप थियो।

अदालतले दोषीहरूलाई पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति भर्न आदेश दिएको छ।


विशेषज्ञहरूका अनुसार यो फैसला स्थानीय प्रशासनमा भ्रष्टाचार विरुद्धको चेतनामूलक कदमको रूपमा हेरिएको छ।
Views: 678

